नक्सलबारी : नक्सलबारीमा ब्राउन सुगर सहित 1 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेका युवक 25 वर्षीय उत्तम मजुमदारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार नक्सलबारी थाना पुलिसले यहाँको कुमारसिंह जोत इलाकामा अभियान चलाएर 10 ग्राम ब्राउन सुगर, 62 हजार 5 सय नगद रुपियाँ, मोबाइल सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।