नक्सलबारीमा ब्राउन सुगर सहित 2 जना पक्राउ

नक्सलबारी : ब्राउन सुगर बिक्री गर्न जाँदा पुलिसले 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू गोपी बर्मन र नकुल कुमार सरकार सामेल छन्। तिनीहरू दुईजना पानीट्याङ्की र नक्सलबारी निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका दुईजना नक्सलबारीको सातभैया इलाकामा ब्राउन सुगर बिक्री गर्न गएको गोप्य सुइँको पाएपछि नक्सलबारी थाना पुलिसले उक्त इलाकामा अभियान चलाएर 100 ग्राम ब्राउन सुगर सहित ती दुईजनालाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य  लगभग अढाई लाख रुपियाँ रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *