नक्सलबारीमा ब्राउन सुगर सहित 2 जना पक्राउ

नक्सलबारी : एसएसबी-ले ब्राउन सुगर सहित 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू मतिगढाको ठिकनिकाटा निवासी थिरेन सिंह (48) र राजु राय (34) सामेल छन्। प्राप्त जानकारी अनुसार थिरेन र राजु सब्जीको ब्यागमा मादक पदार्थ लिएर नक्सलबारीको बीडीओ अफिस संलग्न इलाकामा बिक्री गर्ने उद्देश्यले गएको समय एसएसबी बडो मनिराम जोत 8 नम्बर बटालियनका जवानले ती दुईलाई पक्रेर छानबीन गर्दा 394 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 9 लाख रुपियाँ रहेको छ। एसएसबीले पक्राउ गरेको 2 जना व्यक्तिलाई नक्सलबारी थाना पुलिसलाई सुम्पिदिएको छ भने भोलि शुक्रबार ती 2 जना व्यक्तिलाई सिलगढी अदालतमा पेश गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *