नक्सलबारीमा ब्राउन सुगर सहित 2 जना पक्राउ

नक्सलबारी : नक्सलबारीमा ब्राउन सुगर सहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरूमा खोरीबारी र नक्सलबारी निवासी धनसिंह (26) र मोहम्मद सुलतान (36) सामेल छन्। नक्सलबारी थाना पुलिसले हिजो नक्सलबारीको टुकरियाझाड इलाकामा मादक पदार्थ बिक्री गरिरहेको खबर पाएपछि उक्त इलाकामा अभियान चलाएर 120 ग्राम ब्राउन सुगर सहित 2 जनालाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य डेढ लाख रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *