नक्सलबारीमा व्यक्तिको शव उद्धार

नक्सलबारी : घाँटीमा ब्लेडले काटेको एकजना व्यक्तिको मृतदेह उद्धार भएको छ। मृतक व्यक्ति लक्षण मुण्डाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार नक्सलबारीको जाबरा डिभिजनको लोहासिंह बगानको नदी संलग्न इलाकामा स्थानीय मानिसहरूले उक्त मृतदेह देखेपछि नक्सलबारी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि नक्सलबारी ग्रामीण अस्पतालमा पठायो। घाँटीमा ब्लेडले काटेकोले गर्दा कसैले हत्या गरेको अथवा आत्महत्या गरेको भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *