नक्सलबारीमा चट्याङले 58 वर्षीय व्यक्तिको मृत्यु

नक्सलबारी : नक्सलबारीको बुधकरण जोतमा चट्याङले एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति 58 वर्षीय कालाचाँद बर्मनको रूपमा चिन्हित गरिएको छ। उक्त घटनापछि इलाकामा शोकको लहर छाएको छ। प्राप्त जानकारी अनुसार गत राति कालाचाँद बर्मन कामबाट घर फर्किरहेको समय सडकमा चट्याङ लागेर तिनको मृत्यु भएको बताइएको छ। स्थानीय मानिसहरूले आज बिहान सडक किनारमा तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *