नक्सलबारीमा चितुवाको हमलामा महिला चियाश्रमिक घाइते

नक्सलबारी: नक्सलबारीको विजयनगर चियाकमानमा चितुवाको हमलामा एकजना महिला चियाश्रमिक घाइते भएका छन्। घाइते चियाश्रमिक 52 वर्षीय मीना नायकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज साँझ नक्सलबारीको विजयनगर चियाकमानमा चिया पत्ता टिपिरहेको समय चितुवाले हमला गर्दा एउटी महिला चियाश्रमिक घाइते भएको बताइएको छ। घाइते अवस्थामा उक्त महिलालाई उद्धार गरेर चियाकमानको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेपछि नक्सलबारी अस्पतालमा पठाएको छ। इलाकामा बारम्बार चितुवा देखा परेकोले कमानका श्रमिकहरू आतङ्कित बनेका छन्।


This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *