नक्सलबारीमा चितुवाको हमलामा दुईजना घाइते

नक्सलबारी : नक्सलबारीको सातभैया डिभिजनमा चितुवाको हमलामा दुईजना व्यक्ति घाइते भएका छन्। घाइतेहरूमा 64 वर्षीय माकारीय खारिया र 33 वर्षीय राजीब लिम्बू सामेल छन्। प्राप्त जानकारीअनुसार नक्सलबारी सातभइया डिभीजनको चियाकमानमा काम गरिरहेको समय चितुवाले हमला गर्दा दुईजना श्रमिक घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर नक्सलबारी ग्रामीण अस्पतालमा भर्ना गरिएको छ। घटनाको खबर पाएर नक्सलबारी टुकरिया वन विभागका वनकर्मीहरू घटनास्थलमा पुगेर उद्धार कार्य शुरू गरेको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *