नक्सलबारीमा चितुवाको हमलामा महिला घाइते

नक्सलबारी : नक्सलबारीको हात्तीघिसामा चितुवाको हमला 40 वर्षीय शान्ता लामा नाम गरेकी महिला घाइते भएकी छन्। प्राप्त जानकारी अनुसार शान्ता लामा अन्य महिलाहरूसित नक्सलबारीको हात्तीघिसा इलाकाको नदीमा लुगा धुन गएकी थिइन्। त्यहीँ समय नदी नजिक बाघडुग्रा वन विभागको माल्टा वनाञ्चलबाट एउटा चितुवा निस्केर हमला गर्दा शान्ता लामाको हात, खुट्टा र टाउकोमा चोट लागेको बताइएको छ। तिनी चिच्याएको सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुग्दा चितुवा त्यहाँबाट गइसकेको थियो। घाइते अवस्थामा शान्ता लामालाई उद्धार गरेर नक्सलबारी ग्रामीण अस्पतालमा भर्ना गरेपछि हाल तिनी उपचाराधीन अवस्थामा छिन्। घटनाको खबर पाएर बाघडुग्रा वनाञ्चलका वन कर्मीहरू घटनास्थलमा पुगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *