नक्सलबारीमा करोडौँ रुपियाँको ब्राउन शुगर सहित 1 जना पक्राउ

नक्सलबारी: नक्सलबारीबाट अधिक मात्रामा ब्राउन शुगर सहित 1 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम मतलू शेख बताइएको छ। तिनी मालदा जिल्लाको कालियाचक निवासी हुन्। प्राप्त जानकारी अनुसार एसटीएफ र नक्सलबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा नक्सलबारीको सतभैया इलाकाको एशियन हाईवे 2-मा अभियान चलाएर एकजना संदिग्ध व्यक्तिलाई रोकेर छानबीन गर्दा 1 किलो ब्राउन शुगर उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार जफत गरेको ब्राउन शुगर कालियाचकबाट नक्सलबारीमा बिक्री गर्ने उद्देश्यले ल्याएको थियो। उद्धार गरेको ब्राउन शुगरको अनुमानित बजार मूल्य लगभग करोडौँ रुपियाँ तोकेको छ। पक्रा परेका व्यक्तिलाई भोलि शनिबार सिलगढी महकुमा अदालतमा पेश गरिनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *