नक्सलबारीमा करेन्ट लागेर युवकको मृत्यु

नक्सलबारी : नक्सलबारी थाना अन्तर्गत खालबस्तीमा बिजुलीको करेन्टको झट्का लागेर एकजना युवकको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार परिवारका सदस्यहरूले हिजो तिनलाई छतमा बेहोश अवस्थामा देखेपछि तत्कालै तिनलाई उद्धार गरेर नक्सलबारी ग्रामीण अस्पतालमा लगियो। त्यहाँ तिनको अवस्था अझ खराब भएपछि एउटा निजी नर्सिङ होममा लगिए तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर नक्सलबारी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *