नक्सलबारीमा दार्जिलिङ जिल्ला किसान खेत मजदुरको तृणमूल कङ्ग्रेसको 5औँ जिल्ला सम्मेलनको आयोजना

नक्सलबारी : दार्जिलिङ जिल्ला किसान खेत मजदुरको तृणमूल कङ्ग्रेसको पाँचौँ जिल्ला सम्मेलन आज नक्सलबारीमा आयोजित गरियो। नक्सलबारीको कम्युनिटी हलमा आयोजना गरिएको उक्त सम्मेलनमा जिल्लाका विभिन्न शाखा-संगठनका नेता र कार्यकर्तहरूले तृणमूल सरकारको कार्यकालमा कृषि प्रणालीको विकास तथा आँकड़ाबारे चर्चा परिचर्चा गरे। यस अवसरमा किसान खेत मजदुरका तृणमूल राज्य सभापति पूर्णेन्दु बसु, जिल्ला तृणमूल सभानेत्री पापिया घोष, जिल्ला चेयरम्यान अलोक चक्रवर्ती, किसान जिल्ला सभापति अमर सिन्हा, चेयरम्यान छोटन किस्कु लगायत अन्य उपस्थित थिए। सभाको अन्तमा पूर्णेन्दु बसुले भने, तृणमूल सरकारको कार्यकालमा 50 हजार एकड खेतीयोग्य जमिनलाई परिवर्तन गरेर हाल 55 लाख हेक्टर भूमिमा खेती गरिन्छ। राज्यमा धान र आलुको खेती बढेको छ भने सब्जीमा राज्य एक नम्बरमा छ। मलको कालो बजारीमा नियन्त्रण गर्न राज्य सरकारले कठोर कदम उठाएको छ। सिलगढी महकुमा परिषद्को चुनाउमा पनि तृणमूल कङ्ग्रेसले बहुमतले जीत हासिल गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *