नक्सलबारीमा दार्जिलिङ जिल्ला पुलिसको मास्टर परेडको आयोजना

नक्सलबारी : सिलगढी महकुमाको नक्सलबारी ब्लकको आदिवासी मैदानमा आज दार्जिलिङ जिल्ला पुलिसको मास्टर परेडको आयोजना गरियो। उक्त मैदान आज दार्जिलिङ जिल्ला पुलिसका अधिकारी, महिला पुलिस तथा सिभिक भोलेन्टियरहरूले उत्कृष्ट परेडको प्रदर्शन गरे। यसको साथै केही पुलिस कन्स्टेबलहरूलाई पुरस्कृत पनि गरियो। यस अवसरमा दार्जिलिङ जिल्लाका एसपी सन्तोष निम्बलकर, अतिरिक्त एसपी मनोरञ्जन घोष, रुरल डीएसपी अचिन्त्य गुप्ता लगायत जिल्लाका अन्य थानाका ओसी तथा अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *