नक्सलबारीमा दुईवटा वाहन ठोक्किँदा 2 जनाको मृत्यु, 5 जना घाइते

नक्सलबारी : नक्सलबारीमा दुईवटा वाहन आपस्तमा ठोक्किँदा 2 जनाको मृत्यु भएको छ भने अन्य 5 जना घाइते भएका छन्। उक्त दुर्घटना नक्सलबारीको बेङ्गाईजोतको एसियन हाईवे 2-मा घटेको हो। प्राप्त जानकारी अनुसार एउटा वाहन बिहारबाट सिलगढीतर्फ आइरहेको समय नक्सलबारीको बेङ्गाईजोतमा विपरीत दिशाबाट आइरहेको एउटा वाहन आपस्तमा ठोक्किँदा 2 जनाको मृत्यु भएको छ भने अन्य 5 जना घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा प्राथमिक उपचारपछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। मृतक दुईजना युवक बिहार निवासी हुन्। घटनाको जाँच शुरू गरेको नक्सलबारी थाना पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *