नक्सलबारीमा डीवाईएफआई-का 30 जना तृणमूलमा सामेल

नक्सलबारी : नक्सलबारी ब्लकको हात्तीघिसा दलीय कार्यालयमा एउटा सभाबीच डीवाईएफआई हात्तीघिसा लोकल कमिटीका सचिव जय दास सहित 30 जना तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। जिल्ला उपाध्यक्ष अमर सिन्हाले नयाँ सदस्यहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यसपछि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई लिएर एउटा र्‍यालीको पनि आयोजना गरियो। यस अवसरमा अमर सिन्हाले जय दास सहित अन्य 30 जना पार्टीमा सामेल भएकोले दलको शक्ति अझ बढेर गएको बताए। आजको सभामा ब्लक युवा सभापति अरूण घोष, अशरफ अन्सारी, अमित राय, जयन्त मल्लिक लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *