नक्सलबारीमा ईद पालन

नक्सलबारी : नक्सलबारीमा मुस्लिम सम्प्रदायका मानिसहरू ईद पर्व पालन गरे। नक्सलबारीको रथखोला ईदगाहमा आज मुस्लिम सम्प्रदायका मानिसहरू भेला भएर नमाज पढेपछि एका-अर्कालाई ईदको शुभकामना दिए। विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू पनि आज ईदको शुभकामना दिनको लागि ईदगाहमा उपस्थित थिए। कोरोना महामारीले गर्दा लगभग 2 वर्षपछि आज मुस्लिम सम्प्रदायका मानिसहरूले खुबै हर्षोल्लास तथा धुमधामको साथमा ईद पर्व मनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *