नक्सलबारीमा एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना

नक्सलबारी : युवा समाजलाई खेलकूदप्रति आकर्षित पार्ने उद्देश्य लिएर आज नक्सलबारीको सुकान्त स्पोर्टिङ क्लबको व्यवस्थापनमा एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना गरियो। नक्सलबारीको रथखोला विधुबाला स्कुल मैदानमा आयोजना गरिएको फुटबल प्रतियोगितामा नक्सलबारी ब्लकको मोठ 24 वटा दलले अंश ग्रहण गरेको छ। उक्त प्रतियोगितामा विजय टोलीलाई ट्रफी सहित नगद 10 हजार रुपियाँ, रनर्स टोलीलाई ट्रफी सहित नगद 5 हजार रुपियाँ प्रदान गरिनेछ। यसबाहेक म्यान अफ् द म्याच, म्यान अफ् द सिरिज, बेस्ट गोलकिपरलाई पनि पुरस्कृत गरिनेछ। सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले राष्ट्रिय झण्डा उत्तोलन गरेर प्रतियोगिता शुरू गरियो। यस अवसरमा नक्सलबारी ग्राम पञ्चायत प्रधान जयन्ती किरो, उप प्रधान विश्वजीत घोष क्लबका सभापति बापी चक्रवर्ती, सुकुमार मल्लिक, बापन घोष, सत्यनारायण गोस्वामी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *