नक्सलबारीमा हात्तीको ताण्डवले 4 वटा घर क्षतिग्रस्त

सिलगढी : नक्सलबारी चियाकमानको गोदाम लाइन इलाकामा आज भुकभुके उज्यालोमा एउटा जङ्गली हात्तीले ताण्डव मच्चाएर 4 वटा घर क्षतिग्रस्त पारिदिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान एउटा जङ्गली हात्ती उक्त इलाकामा पसेर यहाँको चारवटा घर भत्काइदिनको साथै फसलहरू पनि नष्ट पारिदिएको छ। यसको साथै घरमा राखेको सबै खाद्य सामग्री खाइदिएको बताइएको छ। घटनाको खबर पाएर वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर हात्तीलाई जङ्गलतिर लखेटे। स्थानीय मानिसहरूको भनाइअनुसार उक्त इलाकामा प्रायजसो हात्ती आएर घरहरू भत्काउनको साथै उत्पात मचाउने गर्दछन्। यसबारे सम्बन्धित विभागलाई स्थानीय मानिसहरूले अवगत गराएर उचित पहल गरिदिने साथै आर्थिक क्षतिपूर्ति दिने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *