नक्सलबारीमा हात्तीको हमलाले 77 वर्षीय वृद्धको मृत्यु

नक्सलबारी : नक्सलबारीको मेरीभ्यू चियाकमान संलग्न इलाकामा गोरू बाँध्न जाँदा हात्तीको हमलाले 77 वर्षीय वृद्ध जोलियास उरावको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार नक्सलबारीको मेरीभ्यू चियाकमान संलग्न इलाकामा जोलियास उराव आज बिहानै गाई बाँध्न जाँदा अचानक 5 वटा हात्ती निस्केर तिनमाथि हमला गर्दा गम्भीर रूपमा घाइते भएपछि तत्कालै बाघडुग्रा वन विभागका कर्मीहरूले तिनलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा लैजाँदा बाटोमै तिनको मृत्यु भएको बताइएको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *