नक्सलबारीमा हात्तीको हमलामा 2 जना घाइते

नक्सलबारी : नक्सलबारीको केटुगाबुर जोतमा हात्तीको हमलामा एउटा घर क्षतिग्रस्त हुनको साथै 2 जना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज बिहान नक्सलबारीको केटुगाबुर जोतको आवासीय इलाकामा एउटा जङ्गली हात्ती पसेर एउटा घर भत्काइदिनको साथै हमलामा सासु-बुहारी घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा भर्ना गरिएको छ। उक्त घटनापछि स्थानीय मानिसहरू आतङ्कित बन्न पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *