नक्सलबारीमा हात्तीको हमलामा घर क्षतिग्रस्त

नक्सलबारी : नक्सलबारीको केटुगाबुर जोत इलाकामा हात्तीको हमलामा एउटा घर क्षतिग्रस्त बनेको छ। प्राप्त जानकारी अनुसार आज बिहानै हात्तीको एउटा झुण्ड केलाबारी जङ्गलबाट निस्केर आवासीय इलाकामा पसेर भोजनको खोजीमा एउटा घरमा ताण्डव मच्चाउँदा घर क्षतिग्रस्त बनेको बताइएको छ। तथापि, घरमा मानिसहरूले कुनै प्रकारले आफ्नो ज्यान बचाउन सफल बने तापनि हात्तीको झुण्डले मच्चाएको ताण्डवले गर्दा परिवारका सदस्यहरू डराइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *