नक्सलबारीमा हात्तीको हमलामा युवक घाइते

नक्सलबारी : नक्सलबारी ब्लकको हात्तीघिसा ग्राम पञ्चायतको मदनजोन इलाकामा हात्तीको हमलामा एकजना युवक घाइते भएका छन्। घाइते युवक 28 वर्षीय चुमानुस उरावको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान उक्त इलाकामा हात्ती पसेर घर भत्काइदिएको आवाज सुनेपछि चुमानुस उराव घरबाट बाहिर निस्कनसाथ हात्तीले हमला गर्दा तिनको हात, खुट्टा, छात्तीमा चोट लागेको बताइएको छ। घटनापछि तत्कालै घाइते युवकलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा भर्ना गरेपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्। घटनाको खबर पाएर सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष अस्पातलमा पुगेर घाइते युवकसित भेट गर्नको साथै तिनको स्वास्थ्यबारे जानकारी लिए। यस विषयमा अरूण घोषले भने, उक्त इलाकामा प्रायःजसो हात्ती पस्ने गर्दछ। हाल घाइते युवकलाई अस्पतालमा भर्ना गरेर उपचार चलिरहेको छ भने आफू लगायत वन विभागको तर्फबाट चिकित्साको व्यवस्था गरिँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *