नक्सलबारीमा हात्तीको ताण्डवले धानको खेती नष्ट

नक्सलबारी : नक्सलबारी माल्लाबारीको हान्डीबस्तीमा हात्तीले ताण्डव मच्चाएर इलाकाको धानको खेती क्षतिग्रस्त पारिदिएको छ। प्राप्त जानकारी अनुसार आज बिहानै एउटा जङ्गली हात्ती हान्डीबस्ती इलाकाको धान खेतीमा पसेर धान खेती नष्ट पारिदिनको साथै इलाकाको दुईवटा घरमा ताण्डव मच्चाएको बताइएको छ। यसरी इलाकामा हात्ती पसेर ताण्डव मच्चाउने गरेकोले स्थानीय मानिसहरू चिन्तित बन्न पुगेका छन्। अर्कोतिर, पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने तिनीहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *