नक्सलबारीमा हात्तीको ताण्डवले केही घरहरू क्षतिग्रस्त

नक्सलबारी : नक्सलबारी किरणचन्द्र कमानको जीवनजोत इलाकमा हात्तीको ताण्डवले 15-16 वटा घर क्षतिग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति उक्त इलाकामा एक दल हात्ती पसेर ताण्डव मच्चाउनको साथै त्यहाँको केही घरहरू क्षतिग्रस्त बनाएको छ। लगातार हात्तीको ताण्डवले गर्दा इलाकावासीहरू आतङ्कित बन्न पुगेका छन्। स्थानीय विष्णु लाकडाले बताएअनुसार गत अबेर राति एक दल हात्ती उक्त इलाकामा पसेर उत्पात मच्चाउँदै दोकानमा राखेको विभिन्न सर-समान लगायत घर क्षतिग्रस्त पारिदिएको छ। जाडोको मौसममा उक्त इलाकामा यसरी हात्तीले लगातार उत्पात मच्चाउने गरेकोले स्थानीय मानिसहरू चिन्तित बन्न पुगेका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *