नक्सलबारीमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

नक्सलबारी : नक्सलबारी ब्लकको मनिराम ग्राम पञ्चायतको टाकना कोलनी इलाकामा आज एकजना युवकको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक युवक 26 वर्षीय अबिनाश रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान 8 बजीतिर अबिनाशका परिवारका सदस्यहरूले झुन्डिएको अवस्थामा तिनको शव देखेपछि घटनाबारे नक्सलबारी पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *