नक्सलबारीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

नक्सलबारी : नक्सलबारीमा झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव उद्धार भएको छ। उक्त घटनाले नक्सलबारीको पहाडगुमिया चियाकमानको दमदमार बडो लाइन इलाकामा सनसनी मच्चियो। मृतक व्यक्तिको नाम समिर नाग (32) बताइएको छ। मृतकको भाइले दिएको जानकारी अनुसार समिर नाग धेरै दिन अघिदेखि मानसिक रूपमा अस्वस्थ्य थिए। हिजो घरमा कोही नभएको समय तिनले घाटीमा पासो लगाएर आत्महत्या गरेको हो। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *