नक्सलबारीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

सिलगढी : नक्सलबारीको लालपुलको फाकनाजोत इलाकामा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक व्यक्ति 58 वर्षीय बेदलु सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज स्थानीय मानिसहरूले घर नजिक रहेको एउटा रुखमा झुन्डिरहेको अवस्थामा बेदलुको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *