नक्सलबारीमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

नक्सलबारी : नक्सलबारीमा झुन्डिएको अवस्थामा 24 वर्षीय बिरबल ग्वाला नाम गरेको एकजना युवकको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार नक्सलबारीको आशापुर इलाकाको एउटा घरमा गत राति परिवारका सदस्यहरूले झुन्डिएको अवस्थामा युवकको शव उद्धार गरेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाए। पुलिसले आज शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *