नक्सलबारीमा झुन्डिएको अवस्थामा वृद्धाको शव उद्धार

नक्सलबारी : नक्सलबारीको हात्तीघिसामा 60 वर्षीय वृद्धा मनमाया शर्माको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान परिवारका सदस्यहरूले घरभित्र झुन्डिएको अवस्थामा वृद्धाको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.