नक्सलबारीमा झुन्डिएको अवस्थामा छैटौँ श्रेणीको छात्राको शव उद्धार

सिलगढी : नक्सलबारीको दक्षिण स्टेसनपाडामा झुन्डिएको अवस्थामा छैटौँ श्रेणीको छात्राको शव उद्धार भएको छ। मृतक छात्रा रिङ्की अर्जको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार नक्सलबारीको बिधुबाला माध्यामिक शिक्षा केन्द्रको छैटौँ श्रेणीका छात्रा रिङ्कीको आज इतिहासको परीक्षा थियो भने स्कुल जानको लागि तिनी तयार भइरहेको समय आमा काममा जानको लागि घरबाट निस्किन्। पछि भाइले झुन्डिएको अवस्थामा रिङ्कीलाई देखेपछि घटनाबारे छिमेकीलाई खबर दिए। छिमेकीहरू तत्कालै घटनास्थलमा पुगेर रिङ्कीलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। नक्सलबारी थाना पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *