नक्सलबारीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

नक्सलबारी (निसं): नक्सलबारीमा घरभित्रबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। उक्त घटना नक्सलबारीको सातभाइया इलाकाको बडो लाइन इलाकामा घटेको हो। मृतक व्यक्तिको नाम निरल मुन्डा (41) बताइएको छ। परिवारका सदस्यहरूले आज बिहान झुन्डिरहेको अवस्थामा निरलको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *