नक्सलबारीमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

नक्सलबारी : नक्सलबारी थाना अन्तर्गत पर्ने नक्सलबारी चियाकमानको फागु लाइनमा एकजना युवकको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक युवक 28 वर्षीय सङ्गम उरावको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार परिवारका सदस्यहरूले आज घरमै झुन्डिएको अवस्थामा सङ्गमको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। गत केही दिनदेखि उक्त युवक मानसिक रूपमा अस्वस्थ्य रहेको पारिवारिक सूत्रमार्फत् थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *