नक्सलबारीमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

नक्सलबारी : नक्सलबारी चियाकमान इलाकामा झुन्डिएको अवस्थामा 50 वर्षीय जटरू किसान नाम गरेको एकजना व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार नक्सलबारी चियाकमान संलग्न इलाकाको एउटा घरबाट झुन्डिएको अवस्थामा जटरू किसानको शव उद्धार भएको बताइएको छ। उक्त व्यक्ति नेपालबाट दिदीको घर नक्सबारीमा घुम्न आएका थिए। आज परिवारका सदस्यहरूलाई झुन्डिएको अवस्थामा तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *