नक्सलबारीमा जिल्ला तृणमूलको तर्फबाट विश्व आदिवासी दिवस पालन

नक्सलबारी (निसं): दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसको पहलमा नक्सलबारीमा विश्व आदिवासी दिवस पालन गरियो। नक्सलबारी कम्युनिटी हलमा आज राष्ट्रिय ध्वज फहराएर, राष्ट्र गीत गाएर विश्व आदिवासी दिवस पालन गरियो। सिलगढी महकुमा परिषदका सहायक सभाधिपति रूमा रेशमी एक्का तथा जिल्ला तृणमूल अध्यक्ष पापिया घोषले पनि धामसा-मादलको धुनमा नृत्य गरेको देखियो। यस अवसरमा महकुमा परिषदका सभाधिपति अरुण घोष, सिलगढी नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, दीपक शील, पृथ्वीश राय, आनन्द घोष  लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *