नक्सलबारीमा कलश यात्राको साथमा नौ दिने सङ्गीतमय देवी भगवती महापुराण शुरू

नक्सलबारी नक्सलबारीको दक्षिण रथखोलामा नौ दिने सङ्गीतमय देवी भागवती महापुराण कलश यात्राको साथमा आजदेखि शुरू भएको छ। दार्जिलिङ जिल्ला तृणमूल सभानेत्री पापिया घोष लगायत स्थानीय महिलाहरूले खेमची नदीसम्म उक्त कलश यात्रामा अंश ग्रहण गरिन्। यस सम्बन्धमा विद्युत दासले बताएअनुसार आजदेखि शुरू गरिएको नौ दिने देवी भागवती महापुराणमा विभिन्न ठाउँबाट भक्तहरूले अंश ग्रहण गर्नेछन्। यस अवधि पुराण पाठ लगायत विभिन्न धार्मिक कार्यक्रमको पनि आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *