नक्सलबारीमा खाना पकाइरहेको समय ग्यास सिलेन्डर पड्किँदा आगलागी

नक्सलबारीखाना पकाइरहेको समय ग्यास सिलेन्डर पड्किँदा आगलागी भएको छ। उक्त घटना नक्सलबारीको हान्डीबस्तीमा घटेको हो। प्राप्त जानकारी अनुसार आज सडक नजिक एउटा दोकानमा खाना पकाइरहेको रहेको समय ग्यास सिलेन्डर पड्किँदा दोकानमा आगो लागेको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा आगोलाई नियन्त्रण गर्ने प्रयास गरेपछि घटनाबारे दमकल विभागलाई जानकारी गराइयो। घटनाको खबर पाएर नक्सलबारी दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा सडक निर्माणमा प्रयोग गरिने सामग्री लगायत अन्य विविध समानहरू जलेर नष्ट भएको दोकान मालिक मोहम्मद जलीलले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *