नक्सलबारीमा खोरमा फँस्यो चितुवा

नक्सलबारी : नक्सलबारीमा एउटा चितुवा खोरमा फँसेको छ। प्राप्त जानकारी अनुसार केही दिन अघि नक्सलबारीको हातभराजोतमा चितुवाको हमलामा एउटी महिला घाइते भएकी थिइन्। उक्त घटनापछि इलाकाका मानिसहरू आतङ्कित बन्न पुगेका थिए। बाघडुग्रा वन विभागले उक्त चितुवालाई पक्रनको लागि इलाकामा एउटा खोर थापेको 12 घण्टाको अवधिमै आज बिहानै चितुवा खोरमा फँसेको बताइएको छ। चितुवा खोरमा फँसेपछि स्थानीय मानिसहरूले राहतको श्वास फेरेका छन्। उक्त चितुवालाई हेर्न स्थानीय मानिसहरू भीड जमेपछि यसलाई नियन्त्रणमा ल्याउन वन विभाग तथा पुलिसलाई धेरै मेहनत गर्न पर्यो। वन विभागले उक्त चितुवालाई उद्धार गरेर बेङ्गल सफारी पार्कमा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *