नक्सलबारीमा नाबालिकासित दुष्कर्म गरेको आरोपमा व्यक्ति पक्राउ

नक्सलबारी : नाबालिकासित दुष्कर्म गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। उक्त घटना नक्सलबारीको शान्तिनगर इलाकामा घटेको हो। आरोपी व्यक्ति शान्तिनगर निवासी 55 वर्षीय नरेन रायको रूपमा चिन्हित गरिएको छ। नाबालिकाको परिवारका सदस्यहरूको आरोप अनुसार नरेन रायले विभिन्न प्रलोभन देखाएर नाबालिकासित धेरैपल्ट दुष्कर्म गरेको थियो। घटनाबारे परिवारका सदस्यहरूले नक्सलबारी थानामा उक्त व्यक्तिविरुद्ध लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले पक्राउ गरेको छ। पीडित नाबालिका हाल होममा रहेको थाहा लागेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *