नक्सलबारीमा नशालु पदार्थसहित दुईजना पक्राउ

नक्सलबारी : नक्सलबारी थाना पुलिसले धेरै मात्रामा नशालु पदार्थसहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू नेपाल निवासी प्रदीप तामाङ र सुनील विश्वकर्माको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार  नक्सलबारी थाना पुलिसले रथखोला एशियन हाईवे 2 –मा अभियान चलाएर  नशालु पदार्थसहित दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिसले आरोपीहरूबाट 31 पीस डाइजेपम, 31 पीस फेनारगन एवम् 31 पीस लुपिजेसिक नाम गरेको मादक पदार्थ जफत गरेको छ। नक्सलबारी थाना पुलिसले दुवै विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *