नक्सलबारीमा नि:शुल्क आँखा जाँच शिविर  

नक्सलबारी: नक्सलबारी लायन्स क्लबको तत्वावधानमा साथै नक्सलबारी पुलिस थानाको सहयोगमा यहाँको थाना परिसरमा आज नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरियो। यस अवधि लायन्स क्लबको तर्फबाट नरेन्द्र प्रसाद, देवप्रसाद भौमिक, अनिल साहा, कौशिक आचार्या, कृष्ण दास आदि प्रमुख रूपमा उपस्थित थिए। उक्त सिविरमा मोठ 100 भन्दा अधिक मानिसहरूले आँखाको जाँच गराए। यसको साथै तिनीहरूलाई दवाई पनि वितरण गरियो। केही आँखा रोगीहरूलाई आँखाको अपरेशनको लागि चिन्हित गरेर सिलगढी लायन्स नेत्रालय पठाइयो। उक्त शिविरमा स्थानीय मानिसहरू लगायत पुलिस कर्मीहरूले पनि आप्नो आँखाको जाँच गराए। यसैगरी आगामी 31 जनवरी पानीट्याङ्कीमा अनि 24 फरवरीको दिन नक्सलबारी थाना परिसरमा आँखा जाँच शिविरको आयोजना गरिने नक्सलबारी लायन्स क्लबका सचिव कौशिक आचार्याले जानकारी दिएका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *