नक्सलबारीमा निःशुल्क आँखा जाँच शिविर

नक्सलबारी : नक्सलबारी लायन्स क्लबको तर्फबाट नक्सलबारी थाना परिसरमा आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा मोठ 188 जनाले आँखा जाँच गराए भने तीमध्ये 38 जनालाई मोतीबिन्दु अपरेसनको लागि छनौट गरिएको छ। यसको साथै 17 जनाको विभिन्न शारीरिक जाँच गरेको बताइएको छ। उक्त शिविरमा प्रोगामका चेयरम्यान जयन्त साहा, नरेन्द्र प्रसाद, प्रह्लाद कुमार विश्वास, अनिल साहा, श्यामल जोयारदार, देवप्रसाद भौमिक, कौशिक आचार्य लगायत अन्य उपस्थित थिए। यस अवसरमा कौशिक आचार्यले भने, प्रत्येक महिना नक्सलबारी लायन्स क्लबको तर्फबाट नक्सलबारी थाना परिसरमा आँखा जाँच शिविरको आयोजना गर्ने गरिन्छ। आजको शिविरमा नक्सलबारी थानाका ओसी इफतिकार उल हुसेन विशेष रूपमा सहयोग गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *