नक्सलबारीमा पाडाय समाधान कार्यक्रम शुरू

नक्सलबारी : राज्यको विभिन्न ठाउँहरूमा झैँ नक्सलबारी ब्लकमा पनि पाडाय समाधान कार्यक्रम शुरू गरियो। नक्सलबारी ग्राम पञ्चायतको बुधकरण निम्न बुनियादी विद्यालयमा एउटा शिविरको आयोजना गरियो। पाडाय समाधान कार्यक्रम अन्तर्गत गाउँको विभिन्न समस्याहरूको तथ्याङ्कहरूबारे अधिकारीलाई जानकारी गराइयो। यस सम्बन्धमा राधागोबिन्द घोषले बताएअनुसार पिउने पानी, सडक लगायत रोड लाइट आदि व्यवस्था गरिनुपर्नेबारे अधिकारीहरूलाई एउटा आवेदन चढाइयो। कार्यक्रममा सङ्गीतको माध्यमद्वारा सरकारको विभन्न परियोजना तथा कार्यक्रमको प्रचार गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *