नक्सलबारीमा रक्तदान शिविरको आयोजना

नक्सलबारी : नक्सलबारी तृणमूल कङ्ग्रेस पार्टी कार्यालयमा तृणमूल युवा कङ्ग्रेस नक्सलबारी खण्ड 2 –को तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। कोरोना महामारीले गर्दा रगतको कमी देखापरेकोले गर्दा तृणमूल युवा कङ्ग्रेस कमिटीको तर्फबाट नक्सलबारीमा उक्त रक्तदान शिविरको आयोजना गरिएको बताइएको छ। उक्त रक्तदान शिविरमा 300 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। यस अवसरमा विकास रञ्जन सरकारपृथ्वीस राय, तृणमूल युवा कङ्ग्रेस पार्टी जिल्लाध्यक्ष कुन्तल राय, खण्ड युवा अध्यक्ष अरुण घोष, अञ्चल अध्यक्ष पार्थो सारथी मुखर्जी, सत्यनारायण गोस्वामी, विराज सरकार, वीरेन सरकार लगायत अन्य कार्यक्रर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *