नक्सलबारीमा रक्तदान तथा स्वास्थ्य जाँच शिविर

नक्सलबारी : स्वाधीनताको 75औँ वर्ष पुरा गरेको अवसरमा देशभरिमै अमृत महोत्सव पालन गरिरहेको छ। यसै क्रममा नक्सलबारी सारदा विद्यामन्दिरको पहलमा आज रक्तदान तथा स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा 100 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ भने शिविरमा संग्रह गरिएको रगत रोटरी ब्लड ब्याङ्कमा पठाइनेछ। यसको साथै निःशुल्क स्वास्थ्य जाँच शिविरको पनि आयोजना गरिएको छ। उक्त शिविरमा आँखा, स्त्री रोग तथा शिशु चिकित्सकहरूले मानिसहरूको स्वास्थ्य जाँच गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *