नक्सलबारीमा राष्ट्रिय वन सहिद दिवस पालन

नक्सलबारी : राज्यभरिझैँ यता खरसाङ डिभिजनको नक्सलबारी टुकरियाझाड़ रेञ्ज अफिसको प्राङ्गणमा आज राष्ट्रिय वन सहिद दिवस पालन गरियो। यस अवसरमा खरसाङ डिभिजनको एडीएफओ चिन्मय बर्मन, टुकरियाझाड़ रेञ्जका रेञ्जर टीटी भुटिया लगायत अन्य वन कर्मीहरू उपस्थित थिए। सहिद वन कर्मीहरूलाई स्मरण गर्दै तिनीहरूको नाममा श्रद्धाञ्जलि सभाको आयोजना पनि गरियो। एक मिनटको मौन धारण गरेपछि सहिद वनकर्मीहरूलाई फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरियो। एडीएफओ चिन्मय बर्मनले बताएअनुसार वन मन्त्रीको निर्देश अनुसार खरसाङ डिभिजनको विभिन्न रेञ्जमा वन सहिद दिवस पालन गरियो। 2015 सम्ममा राज्यभरिमै मोठ 45 जना वनकर्मीहरू सहिद भएका छन् भने तीमध्ये 4 जना वनकर्मीहरू खरसाङ डिभिजनका थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *