नक्सलबारीमा रथयात्रा उत्सव पालन

नक्सलबारी: नक्सलबारीमा परम्पराअनुसार आज रथयात्रा उत्सव पालन गरिरहेको छ। आज रथको डोरी तानेर रथयात्रा शुरू गरियो। यस अवसरमा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष प्रमुख रूपमा उपस्थित थिए। नक्सलबारीमा यस वर्षको रथयात्राले 64औँ वर्षमा प्रवेश गरेको छ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि धेरै संख्यामा मानिसहरू रथयात्रा अवधि उपस्थित हुने आयोजक समितिले आशा गरेको छ। रथयात्रा सुरु हुनुअघि सिलगढी महकुमा परिषद्का सभाधिपति अरुण घोषले सडकमा झाडु लगाएर सफा गरे। यस विषयमा अरूण घोषले भने, ऐतिहासिक उक्त रथयात्रामा अधिक संख्यामा मानिसहरूले अंश ग्रहण गर्नेछन्। नक्सलबारी मात्र नभएर महकुमाभरिमै यो रथयात्रा सर्वश्रेष्ठ रथयात्रा हो। रथयात्रा पुजा कमिटीका सचिव विद्युत दासले बताएअनुसार रथयात्राको उपलक्ष्यमा साँझदेखि मानिसहरूको भीड बढ्नेछ। 120 जना भोलिन्टयर तैनाथ गरिएको छ भने सीसीटीभी क्यामारा र पुलिसको विशेष नजरदारी रहनेछ। यसको साथै 300 भन्दा अधिक स्टलहरू राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *