नक्सलबारीमा रथयात्रा उत्सव पालन

नक्सलबारी : नक्सलबारीमा आज भव्य रूपमा रथयात्रा उत्सव पालन गरिरहेको छ। आज दिउँसो 12 बजेर 45 मिनटमा रथको डोरी तानेर रथयात्रा उत्सव शुरू गरियो। नक्सलबारीको रथखोलाको रथयात्राले यस वर्ष 53 वर्षमा पाइला टेकेको छ। रथ पुजा कमिटीका सभापति विद्युत दासले बताएअनुसार रथयात्राको उपलक्ष्यमा साँझदेखि भक्तहरूको भीड बढ्नेछ। रथ उत्सवलाई केन्द्र गरेर 120 जना भोलेन्टियर खटाइएको छ भने सीसीटीभी क्यामारा तथा पुलिसद्वारा नजरदारी गरिरहेको छ। यस अवसरमा 300 भन्दा अधिक स्टलहरू लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *