नक्सलबारीमा सड़क दुर्घटनामा दुईजना घाइते

नक्सलबारी : नक्सलबारी थाना अन्तर्गत हात्तीघिसा  टोल प्लाजा नजिक एउटा वाहन र बाइक आपस्तमा ठोक्किँदा दुईजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार गत राति हात्तीघिसा टोल प्लाजा नजिक एउटा वाहन र बाइक ठोक्किँदा दुईजना व्यक्ति घाइते भएको बताइएको छ। दुर्घटनापछि स्थानीय मानिसहरूले घाइतेहरूलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा उपचारको लागि लगे तापनि त्यहाँबाट दुवैलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.