नक्सलबारीमा सडक दुर्घटनामा 2 जना गम्भीर घाइते

नक्सलबारी : सडक दुर्घटनामा 2 जना बाइक आरोही कृषेन्दु चक्रवर्ती र रोहन छेत्री गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज नक्सलबारीबाट पानीघट्टा गइरहेको समय कदमा मोड संलग्न इलाकामा एउटा बाइक अनियन्त्रित भएर रुखमा सोझै धक्का दिँदा बाइक चालक र अन्य एकजना गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि घाइतेहरूलाई तत्कालै उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाए तापनि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ भने दुईजना अवस्था आशंकाजनक रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *