नक्सलबारीमा एसएसबीद्वारा सामाजिक चेतना अभियान

नक्सलबारी: एसएसबी 8औ बटालियनको तर्फबाट नक्सलबारी खण्डको किलाराम जोतस्थित सूरज बाघ प्राइमरी स्कूलमा सामाजिक चेतना अभियान अन्तर्गत” बेटी बचाओ- बेटी पढाओ “, ” स्वच्छ भारत अभियान”, “और एक भारत श्रेष्ठता”-को थीमना विकास कार्यहरू साथै सामुदायिक कल्याण कार्यक्रम अन्तर्गत सामाजिक चेतना अभियान 2019-20 को आयोजना गरियो। सांस्कृतिक कार्यक्रम, “बेटी बचाओ-बेटी पढ़ाओ” को प्रचारको लागि सांस्कृतिक कार्यक्रम लगायत विभिन्न खेल प्रतियोगिताहरू सम्पन्न गरियो।


यस अवसरमा नक्सलबारी बीडीओ वापी धर, पञ्चायत प्रधान, उपप्रधान, पञ्चायत समिति सभापति, एसएसबी डीआइजी अमित कुमार, कमान्डेट अरुण कुमार, डेपुटी कमान्डेट पी चकमा लगायत अन्य मानिसहरू उपस्थित थिए । सामाजिक चेतन अभियान अन्तर्गत विभिन्न विभागहरूको तर्फबाट स्टल पनि लगाइएको थियो। यसको साथै चिकित्सा शिविरको पनि आयोजना गरिएको थियो।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *